Loading...
You are here:  Home  >  समाज  >  Current Article

गिरी उत्कृष्ट जेसी सदस्यबाट सम्मानित, बीरता लेडी जेसीजकी नयाँ अध्यक्षमा सुस्मा

२ माघ,   खबरमञ्च,   at 7:11 PM

By   /  January 16, 2020  /  Comments Off on गिरी उत्कृष्ट जेसी सदस्यबाट सम्मानित, बीरता लेडी जेसीजकी नयाँ अध्यक्षमा सुस्मा

    Print       Email

झापा । बीरता लेडी जेसीजकी सन् २०२० की महासचिव संगीता गिरी सन् २०१९ की उत्कृष्ट सदस्यको रुपमा सम्मानित भएकी छिन्।

उनलाई लेडी जेसीजको पद हस्तान्तरण कार्यक्रममा बिहीबार विर्तामोडमा सम्मान गरिएको हो।

१५ औं पदस्थापन कार्यक्रममा शाखा सम्पादक हिमा पौडेल, सूर्योदय टिभीकी समाचार वाचिका चन्दा भट्टराई, रंगकर्मी कविता नेपाल पोर्तेल तथा विज्ञापनदाता सानो संसार प्रा.लि.लाई समेत सम्मान गरिएको थियो ।

यसैबीच लेडी जेसीजको १५ औं पदस्थापनबाट सन् २०२० को अध्यक्षमा सर्वसम्मत चयन भएकी सुष्मा भण्डारीलाई सन् २०१९ की अध्यक्ष सरु भुर्तेलका गलामा लगाइएको जेसीज चेन संस्थाका पूर्व अध्यक्षहरुले २०२० की अध्यक्ष भण्डारीको गलामा पहिर्याएर पदस्थापन गराएका थिए ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा प्रमुख अतिथि शंकर, नेपाल जेसिजका थिम डाइरेक्टर मनिष सूर्य मगर, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्षका तर्फबाट राधा सुब्बा, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष ठहर

Read More →