Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको अध्यक्षमा हिमाल खरेल

२७ साउन,   खबरमञ्च,   at 8:55 AM

By   /  August 12, 2019  /  Comments Off on खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको अध्यक्षमा हिमाल खरेल

    Print       Email

विर्तामोड । पत्रकार हिमाल खरेलको नेतृत्वमा नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको नयाँ कार्यसमिति चयन भएको छ।

आइतबार साँझ विर्तामोडमा सम्पन्न अधिवेशनमा खरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। मञ्चको समन्वय शाखा झापामा गठन भएको एक दशकपछि निर्वाचन हुँदा अध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदबाहेक अन्य पदका उम्मेद्वार निर्विरोध भएका थिए ।

अध्यक्षका प्रत्यासी इन्द्रजीत मुखियालाई ६ मतले पराजित गर्दै खरेल निर्वाचित भएका हुन् । मुखियाले २६ मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष पदमा अमित खम्बू निर्विरोध निर्वाचित भए । सचिव पदमा अर्जुन राजवंशी निर्वाचित भए ।

सहसचिवमा भूमिका सुब्बा निर्वाचित भइन् भने कोषाध्यक्षमा राजु पौडेल निर्वाचित भए।

समितिको सदस्यमा आयुष निरौला, भारती राई, विष्णु श्रेष्ठ, कमल पाण्डे, प्रकाश बानियाँ र तिलक योञ्जन निर्विरोध चयन भए । समितिको बैठकले अन्य दुई जनालाई सदस्यमा मनोनित गर्ने प्रावधान छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाथीभरा गोल्डकपः आयोजक ताप्लेजुङ र बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

Read More →