Loading...
You are here:  Home  >  समाज  >  Current Article

खराब मौसम भएपछि माउण्टेन एयरको हलिकप्टर आकस्मिक अवतरण

२३ भदौ,   खबरमञ्च,   at 5:05 PM

By   /  September 9, 2019  /  Comments Off on खराब मौसम भएपछि माउण्टेन एयरको हलिकप्टर आकस्मिक अवतरण

    Print       Email

सुर्खेत । सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ ।

सोमबार बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

बिहान ७ः३० बजे बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । हेलिकप्टरमा चालक दलका तीन सदस्य मात्र थिए ।

हेलिकप्टर दैलेखदेखि नेपालगञ्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगञ्जबाट पुन उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पक्राउ परेका विप्लव समूहका तीन कार्यकर्ता सार्वजनिक, प्रहरी भन्छ-दशैं अघि अर्को दुर्घटना हुन सक्थ्यो

Read More →