Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

क्लिनफिडकाे व्यवस्था संसदीय समितिबाट पास, पुरानालाई एक बर्ष, नयाँलाई तुरुन्तै लागू हुने

१० साउन,   खबरमञ्च,   at 10:20 PM

By   /  July 26, 2019  /  Comments Off on क्लिनफिडकाे व्यवस्था संसदीय समितिबाट पास, पुरानालाई एक बर्ष, नयाँलाई तुरुन्तै लागू हुने

    Print       Email

काठमाडौं । विज्ञापन नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेकाे क्लिनफिड कार्यान्वयन गर्ने  सम्बन्धी व्यवस्थामा संसदीय समितिमा सहमति जुटेकाे छ ।

प्रतिनिधिसभाकाे विकास तथा प्रविधि समितिमा दफावार छलफलका क्रममा रहेकाे विधेयकमा भएकाे क्लिन फिड कार्यान्वयन गर्ने सम्बन्धि दफा  समितिबाट पास भएको हाे ।  विधेयक ऐन बनेर आएपछि क्लिन फिडसम्बन्धी व्यवस्था तुरुन्तै लागू हुने गरी समितिले दफा १ र ६ पास गरेको हो ।

जसअनुसार पुराना सेवा प्रदायकहरुले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र क्लिन फिड कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ भने नयाँ सेवा प्रदायकहरुले भने ऐन लागू भएकै दिनदेखि क्लिन फिड लागू गर्नुपर्नेमा समितिमा सहमति जुटेकाे छ ।

दफा ६ मा ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ’ भन्ने उल्लेख थियो ।

विकास समितिले भने राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै क्लिन फिड लागू गर्ने व्यवस्थाले क्लिन फिड कार्यान्वयनमै समस्या आउने भन्दै समय सिमानै तोकेर लागू गर्ने व्यवस्था पास गरेको छ ।

तर पुराना सेवा प्रदायकले क्लिन फिडका लागी पूर्वाधार बनाउनुपर्ने देखिएकाले एक वर्ष समय दिने कुरा विधेयकमा समावेश गर्ने सहमति भएकाे समिति सभापति कल्याणी खड्काले बताईन् ।

यस्तै विधेयककाे दफा १ को उपदफा २ मा ‘विज्ञापन नियमन गर्ने ऐन २०७५ तुरुन्त प्रारम्भ हुने उल्लेख थियो ।

राष्ट्रियसभाकाे विधायन व्यवस्थापन समितिले यसलाई संशोधन गर्दै ‘यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिबाट प्रारम्भ हुनेछ’ भन्ने राखेर प्रतिनिधिसभामा पठाएको थियो । तर विकास समितिले त्यसलाई उल्ट्याएर ऐन कार्यान्वयनमा आउने वितिकै बाट लागू हुने गरि दफा संशाेधन गरेर पास गरेकाे छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विदेशमा गैरकानूनी लगानी गरेको पाइए त्यस्ताे सम्पत्ति जफत हुन्छः अर्थमन्त्री खतिवडा

Read More →