Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिजा दिन अमेरिकाद्वारा अस्वीकार

२८ साउन,   खबरमञ्च,   at 11:02 AM

By   /  August 13, 2019  /  Comments Off on क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिजा दिन अमेरिकाद्वारा अस्वीकार

    Print       Email

काठमाडौं । नेपालस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिजा दिन अस्वीकार गरेको लामिछानेले जनाएका छन्।

उनले मंगलबार बिहान ट्विट गर्दै अमेरिकाले भिजा नदिँदा आफू छक्क परेको उल्लेख गरेका छन्। ‘सिपिएल १९’ का लागि अमेरिका जान भिजाका लागि निवेदन दिएका सन्दीपलाई भिजा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको हो।

उनले ट्विटमा लेखेका छन्, ‘म २०१६ देखि नेपालको प्रतिनिधित्व गर्दै विश्वका धेरै देशहरुमा क्रिकेट खेल्दै आइरहेको छु। आज बिहान म अमेरिकी दूतावास गएको थिएँ। म छक्क परें जब मैले थाह पाएँ मलाई भिजा दिन अस्वीकार गरियो।’

उनले आफ्ना सबै कागजात पेश गर्दा पनि भिजा नपाएको बताएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पारसको राजीनामापछि सन्दीपको भावुक ट्विट-‘द लिजेन्ड दाजु पारस खड्का’

Read More →