Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

क्यानमाथिकाे निलम्बन सशर्त फुकुवा

२७ असाेज,   खबरमञ्च,   at 10:30 PM

By   /  October 14, 2019  /  Comments Off on क्यानमाथिकाे निलम्बन सशर्त फुकुवा

    Print       Email

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले नेपाल क्रिकेट संघमाथिको निलम्बन सशर्त फुकुवा गरेको छ । आईसीसीका अध्यक्ष सशांक मनोहर, प्रमुख कार्यकारी मनु शौहनेसहितका पदाधिकारी तथा सदस्यहरुको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

आईसीसीले नेपालमा क्रिकेट सञ्चालन गर्ने निकाय नेपाल क्रिकेट संघ(क्यान)लाई सन् २०१६ मा निलम्बन गरेको थियो । निलम्बनपछि आईसीसीले नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो । आईसीसीको सोमबार बसेको बैठक नेपालसँगै जिम्बाबवेमाथिको निलम्बन फुकुवा गरेको हो ।
निलम्बन फुकुवा गरेपनि आईसीसीले केही शर्त राखेको छ । एशोसिएट राष्ट्रले पूरा गर्नुपर्ने मापदण्ड पूरा गर्नुपर्ने तथा क्यानको कोषमाथि आईसीसीकै नियन्त्रण रहने शर्तमा मापदण्ड फुकुवा गरिएको आईसीसीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आर्मीलाई

Read More →