Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

कोलकातालाई हराउँदै जारी आईपीएलमा दिल्ली क्यापिटल्सकाे चौथो जित

३० चैत,   खबरमञ्च,   at 8:44 AM

By   /  April 13, 2019  /  Comments Off on कोलकातालाई हराउँदै जारी आईपीएलमा दिल्ली क्यापिटल्सकाे चौथो जित

    Print       Email

कोलकाता ।  भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले चौथो जित निकालेको हो ।

कोलकाताले दिएको १७९ रनको लक्ष्य दिल्लीले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । दिल्लीको जितमा शिखर धवनले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रन बनाए । उनले ६३ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए ।

यस्तै दिल्लीका ऋषव पन्तले ४६ रन जोड्दा पृथ्वी र कोलिन इन्ग्रामले समान १४/१४ रन जोडे । कोलकाताका प्रसिद्ध कृष्ण, आन्द्रे रसेल र नितिश रानाले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । कोलकाताका लागि सुवमन गिलले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रन बनाए । यस्तै आन्द्रे रसेलले ४५ तथा रोविन उथप्पाले २८ रन जोडे । पियुस चावला १४ रनमा अविजित रहे । दिल्लीका क्रिस मोरिस, कागिसो राबडा र पाउल किमोले २-२ विकेट लिए ।

जितसँगै दिल्लीले ७ खेलमा ४ जितसहित ८ अंक जोडेको छ । दिल्ली लिगको चौथो स्थानमा छ । दोस्रो स्थानको कोलकाताको ७ खेलबाट ८ अंक छ ।

दिल्ली नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध टिम हाे । तर, कोलकाताविरुद्धकाे खेलमा दिल्लीले सन्दीपलाई मैदान प्रवेश गराएन ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रोयल च्यालेन्जर बैंगलोरद्वारा पञ्जाबविरुद्ध महत्वपूर्ण जित हासिल

Read More →