Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

के साँच्चै विप्लवले प्रचण्डलाई मार्ने षड्यन्त्र गरेकै हुन् ?

३० फागुन,   खबरमञ्च,   at 10:04 PM

By   /  March 14, 2019  /  Comments Off on के साँच्चै विप्लवले प्रचण्डलाई मार्ने षड्यन्त्र गरेकै हुन् ?

    Print       Email

 

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव पार्टी समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् ।

वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले विप्लव पार्टीलाई हिजो सबै लडेका आफ्नै साथीहरुको सरकार छ भन्दैमा परिस्थितिलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।

‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो, उनले भने, सजिलो छैन प्रचण्ड बन्न पनि’, उनले भने ।

प्रचण्डले कसैले चाहेर भइ पनि प्रचनहाल्ने भन्दै भने,” म पनि प्रचण्ड बन्छु भनेर हिडेको थिइन, जनताको काम गर्छु भनेर हिड्दा हिड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए । अब त्यहि समयमै प्रचण्ड बनिदैन उनले भने । प्रचण्डले भने साथीहरु नयाँ बाटो खोज्नुस्, साच्चै केहि गर्नुछ भने प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रम हो । त्यो भ्रमले कहि पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ । उनले भने मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिई राखेको छु’ हिज संगै सहकार्य गरेका मेरै सचिवालय मा समेत बसेका ले मलाई मार्ने षड्यन्त्र गरेको माइनुट समेत गरेको मलाई सूचना आयको छ – उनले भने ।

सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले भने, “एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउदा अत्यन्तै खुशी लागेको छ।” आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे ।

प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहित तथा वेपत्ताको बलिदानीपूर्ण संघर्ष कै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको जनाएका छन् । प्रचण्डले भावुक हुँदै सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्नेछ भन्दै यस्ता वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको जनाएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं : प्रधानमन्त्री ओली

Read More →