Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

केबल न्यूज नेटवर्क (सिएनएन) द्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर

२८ कात्तिक,   खबरमञ्च,   at 12:02 PM

By   /  November 14, 2018  /  Comments Off on केबल न्यूज नेटवर्क (सिएनएन) द्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर

    Print       Email

वासिंटन । केबल न्यूज नेटवर्क (सिएनएन) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेको छ ।

सिएनएनले आफ्ना एक पत्रकारको प्रेस पास रद्द गर्ने ह्वाइट हाउसको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । गत साता सिएनएनका संवाददाता जिम एकोस्टाको प्रेस पास ह्वाइट हाउसले रद्द गरिदिएको थियो । उनी सिएनएनका ह्वाइट हाउस मामला हेर्ने मुख्य संवाददाता थिए ।

मंगलबार वासिंटनमा मुद्दा दायर गरिएको हो । राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमै बहस भएपछि उनको प्रेस पास रद्द गरिएको थियो ।

सिएनएनका अनुसार पत्रकार एकोस्टाको संवैधानिक अधिकार हनन भएका कारण मुद्दा दायर गरिएको हो । मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई विपक्षी बनाइएको छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले एकोस्टाको अस्वीकार्य आचरणका कारण उनको प्रेस पास रद्द गरिएको बताएकी छन् । ‘कुनै पत्रकारले यस प्रकारको व्यवहार गर्दछ भने ह्वाइट हाउसले व्यवस्थित र निष्पक्ष पत्रकार सम्मेलन गर्न सक्दैन, व्यावसायिकताका दृष्टिले पनि त्यो व्यवहार सही होइन,’ उनले भनिन् ।

७ नोभेम्बरमा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र पत्रकार एकोस्टाबीच विवाद भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एक युगको अन्त्यः एन्जेला मर्केलले पार्टीको नेतृत्व त्याग्ने घोषणा

Read More →