Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपाकी विद्या भट्टराई निर्वाचित

१५ मंसिर,   खबरमञ्च,   at 7:10 PM

By   /  December 1, 2019  /  Comments Off on कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपाकी विद्या भट्टराई निर्वाचित

    Print       Email

पोखरा । कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विद्या भट्टराई विजयी भएकी छिन्।

आइतबार साँझ सकिएको मतगणना अनुसार नेकपाकी भट्टराई कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ९ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपाकी भट्टराईले २४ हजार ३९५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार पौडेलले १५ हजार ९८६ मत पाए।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराई स्वर्गीय नेकपाका नेता एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Read More →