Loading...
You are here:  Home  >  छापामा  >  Current Article

कालापानी : विवाद समाधान गर्न भारत तयार

२२ कात्तिक,   खबरमञ्च,   at 7:41 AM

By   /  November 8, 2019  /  Comments Off on कालापानी : विवाद समाधान गर्न भारत तयार

    Print       Email

काठमाडौं । नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको भारतले नेपालमा त्यसको चर्काे विरोध भएपछि कूटनीतिकतवरबाट समाधान खोज्ने स्पष्ट पारेको छ।

भारतले नेपालको सीमा नमिचेको दाबी गर्दै समस्या समाधान गर्न भारत तयार रहेको जनाएको हो। यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गरे। सीमामा बाँकी केही समस्या समाधान गर्न भारत तयार रहेको उनको भनाइ छ।

‘नेपालसँग दुईपक्षीय सम्बन्धको मर्ममा अडेर सीमा समस्या समाधान गर्नेछ,’ उनले भनेका छन्, ‘हाम्रो नक्साले भारतको सार्वभौम भूमिमात्र देखाउँछ। नक्सा मिचिएको संकेत छैन।’

उनले दुई देशबीचका सीमा समस्या उच्चस्तरीय संयुक्त आयोगको बैठकबाट समाधान हुन बाँकी रहेको बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धानको मूल्यमा व्यापारीको सिन्डिकेट, किसान मर्कामा

Read More →