Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कालापानी नेपालकाे हाे: नेपाल सरकार

२० कार्तिक,   खबरमञ्च,   at 6:43 PM

By   /  November 6, 2019  /  Comments Off on कालापानी नेपालकाे हाे: नेपाल सरकार

    Print       Email

काठमाडौं  । भारतले आइतवार सार्वजनिक गरेको आफ्नाे नयाँ नक्सालाई लिएर  धारणा आधिकारिक सार्वजनिक गरेको छ।

बुधबार परराष्ट्र मन्त्रालयका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारले भारतले आफ्नो सेनाको क्याम्प राखिरहेको कालापानी क्षेत्र नेपालकै रहेको प्रष्ट पारेको छ।

‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल-भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्या समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको छ।’

परराष्ट्रले भारतका कुनै पनि एकपक्षीय निर्णय नेपाललाई मान्य नहुने पनि प्रष्ट्याएको छ।’दुई देशबीच सुल्झाउन बाँकी सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने हुन्छ’, परराष्ट्रले भनेको छ, ‘एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ।’

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकार प्रतिबद्ध रहेको पनि जनाएको छ। ‘दुई मित्र राष्ट्रहरूबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा नेपाल सरकार दृढ रहेको छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामति कर्मचारीले अब आफै थाहा पाउनेछन् आफ्नाे सरुवा हुने ठाउँ

Read More →