Loading...
You are here:  Home  >  समाज  >  Current Article

काठमाडौं कस्तो हुँदैछ छठ पूजा? (तस्वीरहरु)

१६ कात्तिक,   खबरमञ्च,   at 7:45 PM

By   /  November 2, 2019  /  Comments Off on काठमाडौं कस्तो हुँदैछ छठ पूजा? (तस्वीरहरु)

    Print       Email

काठमाडौं । छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। काठमाडौं उपत्यकाका विभिन्न जलाशयमा छठ पर्व मनाइएको छ।

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो भने भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्पन्न गरिन्छ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरी मनाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गुहेश्वरी घाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छिन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैंमा सुरु

Read More →