Loading...
You are here:  Home  >  अपराध  >  Current Article

काठमाडौंको रातोपुलमा गाेली चल्याे, डकैतीमा मुछिएका लिम्बु घाइते

२१ मंसिर,   खबरमञ्च,   at 2:14 PM

By   /  December 7, 2018  /  Comments Off on काठमाडौंको रातोपुलमा गाेली चल्याे, डकैतीमा मुछिएका लिम्बु घाइते

    Print       Email

काठमाडौं । काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउने परेको प्रहरीले दाबी गरेको छ । उनी पनि हतियारसहित उपस्थित भएको महाशाखाले जनाएको छ ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले बताए अनुसार लिम्बु इटहरीमा भएको डकौती सम्बन्धी घटनामा संलग्न थिए । उनी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पनि जोडिएको व्यक्ति भएको राठौरले जनाए । अनलाइनखबरबाट

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दुधको भाँडामा राखेको ठूलो मात्राको ब्राउन सुगर प्रहरीद्वारा बरामद

Read More →