Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

काँकरभिट्टामा पर्यटकलाई भव्य स्वागत, भगवान मानेर सत्कार गर्न प्रदेशमन्त्रीको आग्रह

१० असोज,   खबरमञ्च,   at 6:06 PM

By   /  September 27, 2019  /  Comments Off on काँकरभिट्टामा पर्यटकलाई भव्य स्वागत, भगवान मानेर सत्कार गर्न प्रदेशमन्त्रीको आग्रह

    Print       Email

काँकरभिट्टा । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पर्यटकलाई भगवान मानेर सत्कार गर्न झापाका व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

४०औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा प्रदेश नं १ को पर्यटन कार्यालयले झापाको काँकडभिट्टामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई मन्त्री कुसियतले पर्यटकहरुलाई भगवानको रुप सम्झेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताए ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय विकास प्रति जागरण आउनुपर्ने उनको धारणा थियो ।

४०औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर शुक्रबार पूर्वी नाका काँकडभिट्टाबाट प्रवेश गर्ने पहिलो पर्यटक ब्राजिलका गिल्हेम टग्नोजलाई नेपाली ढाकाटोपी पहिर्‍याएर सम्मान गरिएको थियो ।

उनलाई काँकडभिट्टाको पूर्वी ढोकाबाट पर्यटन कार्यालयसम्म नौमतीबाजा बजाएर स्वागत गर्दै ल्याइएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सांसदद्वारा बुद्ध एयरको काउन्टर तोडफोड, कारवाही नभए उडान ठप्प पार्ने चेतावनी

Read More →