Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

काँकडभिट्टामा ‘कला साहित्य उत्सव–२०७५’ शुरु

१८ फागुन,   खबरमञ्च,   at 2:38 PM

By   /  March 2, 2019  /  Comments Off on काँकडभिट्टामा ‘कला साहित्य उत्सव–२०७५’ शुरु

    Print       Email

विर्तामाेड ।  झापाकाे पूर्वी नाका काँकडभिट्टामा ‘कला साहित्य उत्सव–२०७५’ शुरु भएको छ । चौथो संस्करणकाे कला उत्सव रिडर्स झापाले आयोजना गरेको हाे ।

शनिबारबाट सुरु भएकाे उत्सवमा नेपाल–भारतका साहित्य, कला, राजनीतिक क्षेत्रका व्यक्ति तथा पाठकको उपस्थिति छ ।

काँकडभिट्टा खानेपानी संस्थाको सभाहलमा कलाकारले गीत गाएर उत्सवको उद्घाटन गरे ।

मुलुकको साहित्य, कला, राजनीति र पत्रकारिताका विभिन्न आयामका बारेमा विद्वत प्रवचन र विमर्श हुने सो कार्यक्रमको पहिलो सत्रमा प्रसिद्ध विश्लेषक हरि शर्माले लोकतन्त्र र आलोचनात्मक चेत’का विषयमा प्रवचन दिए । उनले विचारको विविधता, प्रश्न र सङ्घर्षबाट नै लोकतन्त्र बलियो हुने बताए ।

दोस्रो सत्रमा साहित्यको दलन’ शीर्षकमा सामूहिक विमर्श गरिएको थियो ।

उर्गेनका घोडा र ‘माङ्गेना’ जस्ता चर्चित उपन्यासका लेखक युग पाठक, दलित अधिकारवादी साहित्यकार जेबी विश्वकर्मा र दार्जीलिङका भारतीय नेपाली साहित्यकार सुधीर क्षेत्रीले छलफलमा आ–आफ्ना धारणा राखे ।

उपन्यासकार पाठकले पाठ्यपुस्तक र साहित्यमा सद्भाव र समानताको जतिधेरै शब्द लेखिए पनि नेपाली समाजमा दलित एवं जातीय आधारमा हुने विभेद चर्को रुपमा रहेको दाबी गरे ।

दलित अधिकारकर्मी विश्वकर्माले लेखक विभेदकारी हुँदा उसको लेखनमा समेत विभेद झल्किने अनेक उदाहरण प्रस्तुत गरे ।

भारतीय साहित्यकार क्षेत्रीले भारतीय नेपाली समाजमा तुलनात्मक रुपमा छुवाछुत र जातीय विभेदको समस्या कम भएको उल्लेख गर्दै दलनमा परेको समुदायप्रति सहानुभूतिले होइन, स्वानुभूतिले साहित्य लेखिनुपर्ने धारणा व्यक्त गरे ।

उत्सवमा प्रत्युष वन्त, नारायण वाग्ले, शिव गाउँले, सञ्जीव उप्रेती, आहुति, खगेन्द्र प्रसाईं, राजेन्द्र महर्जन, भास्कर गौतम, विष्णु सापकोटा, झलक सुवेदी, महेन्द्र पी लामा, सुधीर शर्मा, अखिलेश उपाध्याय, राम कार्की, वसन्त बस्नेत, संगीत श्रोता, दीपक सापकोटा, अभय श्रेष्ठ, विनोदविक्रम केसी, सीके लाल, खगेन्द्र संग्रौला, प्रदीप गिरी, डा. विश्व पौडेल लगायत सहभागी छन् ।

फागुन २० गतेसम्म सञ्चालन हुने उत्सवमा विचार विमर्शदेखि विभिन्न कबितावाचन, चित्रकला प्रतियोगिता र चरा संरक्षणका लागि तस्वीर प्रदर्शनी आयोजना हुने आयोजक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईँले जानकारी दिए । रिडर्सले २०६९ देखि हरेक दुई वर्षमा कला साहित्य उत्सव गर्दै आएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

टिकटक सेलिब्रिटी जिम ट्रेनरको गोली हानी हत्या

Read More →