Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन

३२ साउन,   खबरमञ्च,   at 12:21 PM

By   /  August 17, 2019  /  Comments Off on कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन

    Print       Email

काठमाडौं । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान ८ बजेतिर डल्लुस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय सुभद्राले थुप्रै चलचित्र  र नाटकमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्र ‘बासुदेव’, ‘चिनो’, ‘स्वर्ग’, ‘बादल पारि’, ‘बेहुली’ लगायत कैयन् हिट छन् ।

नेपाली रंगमञ्चका क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेकी सुभद्राले बाल्यकालदेखि नै नाटक र नृत्यमा सधै अग्रसर रहिन् । उनले बासु शशि, विजय बहादुर मल्ल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा लगायतका नाटकमा समेत अभिनय गरिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘मनको बाँध’ थियो । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा शुरु गरेकी थिइन् ।

पछिल्लो समय भने सुभद्रा समाजसेवामा बढी सक्रिय थिइन् । उनको निधनले नेपाली चलचित्र क्षेत्रमा क्षति पुगेको भन्दै कलाकारले दुःख प्रकट गरेका छन् ।   उनको श्रद्धाञ्जली तथा अन्त्येष्टी आज १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बझाङमा भूकम्प

Read More →