Loading...
You are here:  Home  >  समाज  >  Current Article

कर्मचारी समायोजन स्वेच्छिक हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

३० पुस,   खबरमञ्च,   at 8:43 PM

By   /  January 14, 2019  /  Comments Off on कर्मचारी समायोजन स्वेच्छिक हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

    Print       Email

काठमाडौं ।  कर्मचारी समायोजन स्वेच्छिक हुनुपर्ने माग गर्दै  सर्वोच्च अदालतमा रिट निवेदन दायर भएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र व्यवस्थापिका संसद्लाई विपक्षी बनाइ कर्मचारी समायोजन अध्यादेशविरुद्ध सोमबार नायव सुब्बा अमरसिंह ओलीका तर्फबाट तोयानाथ ढुङ्गानाले रिट दायर गरेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही पुस ११ गते प्रकाशन गरेको कर्मचारी समायोजनसम्बन्धी सूचनालाई उत्प्रेषणको आदेशले बदर गरी कर्मचारी समायोजन गर्दा स्वेच्छिक विषय हुने गरी आदेश जारी गर्न निवेदनमा माग गरिएको छ। रिट निवेदनमा विभेदकारी तरिकाले सो विधेयक ल्याइएको उल्लेख छ।

गत पुस १७ गते संसद्बाट कर्मचारी समायोजन अध्यादेश २०७५ पारित भएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारी समायोजनका विषयमा सरकारसित लिखित जवाफ माग

Read More →