Loading...
You are here:  Home  >  कर्पाेरेट  >  Current Article

कपुरी ब्रदर्समा सुविधासम्पन्न सुजुकी सेलेरियो एक्स

३० फागुन,   खबरमञ्च,   at 7:31 PM

By   /  March 14, 2018  /  Comments Off on कपुरी ब्रदर्समा सुविधासम्पन्न सुजुकी सेलेरियो एक्स

    Print       Email

बिर्तामोड । नेपालको नं. १ कार व्राण्ड सुजुकीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले अटोगेयर चेन्जसहितको सुबिधा भएको सुजुकी सेलेरियो एक्स कार बजारमा ल्याएको छ ।

सीजी मोटोकर्पले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सीजुकी सेलेरियोको सार्वजनिक गरेको हो ।

सुजुकी सेलेरियो कार ग्राहकलाई डेलिभरीको लागि तयार भएको कम्पनीले जनाएको छ । यस कारले नेपालको सडकमा चालकलाई नयाँ र सुखद अनुभूति दिने कम्पनीले दावी गरेको छ । ए टु सेग्मेन्ट मा नयाँ उत्साह र उर्जा थप्नुका साथै गाडीमा बिभिन्न सुबिधाहरुद्धारा सु–सज्जित रहेको जनाइएको छ । गाडीमा म्यानुअल तथा अटोगेयर दुर्वले २३.१ किलोमिटर लिटरको माइलेज दिने कार्यक्रममा बताइएको छ ।

सुजुकी सेलेरियो एक्स को मर्मत सम्भार न्यून रहनुका साथै अटो गेयररहित गाडीको मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । उत्कृष्ट टेक्नोलोजी महँगो हुने तर्कलाई गाडीले सावित गरेको जनाइएको छ ।

सुजुकी सेलेरियो गाडीमा आकर्षक बनौट डिजाइन, धेरै स्थान रहनु र धेरै विशेषताहरु रहेको सीजी मोटोकर्प बिर्तामोडका प्रोपाराइटर रोशन कपुरीले बताए । ४ वटा मोडलमा उपलब्ध सुजुकी सेलेरियो के नेष्ट गाडी पेट्रोल इन्जिनमा आधारित रहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोडमा खुल्यो ‘वुमनत्रा’, सुनरहित गहना तथा महिलाका सामाग्रीका लागि उत्कृष्ट गन्तव्य

Read More →