Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने

२५ पुस,   खबरमञ्च,   at 9:38 PM

By   /  January 9, 2019  /  Comments Off on कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने

    Print       Email

विर्तामोड । झापाको कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने भएको छ ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै गाउँपालिकाभर  सार्वजनिक विदा नै दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा कचनकवल गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय प्राप्त गरेको थियो ।

गाउँपालिकाको निर्णयबाट आफूलाई अत्यन्तै खुशी लागेको राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर,३ का सांसद् राजेन्द्र लिङ्देनले बताए ।

‘नेपाली नाम र पहिचान दिने राष्ट्र निर्माताको सम्मानमा कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने भन्ने सुन्दा अत्यन्तै हर्षित छु,’ लिङ्देनले भने । राप्रपाका अध्यक्ष कमल थापाले पनि गाउँपालिकाको निर्णयप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राप्रपाकाे मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, थापाकाे संयाेजकत्वमा बन्याे मूल आयाेजक समिति

Read More →