Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैनः प्रधानमन्त्री ओली

२० असोज,   खबरमञ्च,   at 7:41 PM

By   /  October 6, 2018  /  Comments Off on कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैनः प्रधानमन्त्री ओली

    Print       Email

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको २९औँ साधारणसभालाई शनिवार यहाँ सम्बोधन गर्दै उनले विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यावहारिक शिक्षा दिइनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, “अब कक्षाकोठाको पढाइले मात्र पुग्दैन, विद्यार्थीलाई घर गाउँमा, खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ।”

शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनुपर्छ, उनले भने, “शिक्षा र प्रविधिलाई संगसंगै अघि बढाएर लग्यो भने यसले थोरै जनशक्तिबाट धेरै काम लिन सकिन्छ ।”

विश्वविद्यालय अब विशिष्टकृत हुनैपर्ने उल्लेख गर्दै उनले विश्वविद्यालयमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकताभन्दा बढी कलेजले सम्बन्धन पाएको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कक्षा–११ को परीक्षाफल सार्वजनिक

Read More →