Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

ओली र मोदीले ‘स्वीच’ थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

२४ भदौ,   खबरमञ्च,   at 1:01 PM

By   /  September 10, 2019  /  Comments Off on ओली र मोदीले ‘स्वीच’ थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

    Print       Email

वीरगञ्ज । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार उद्घाटन भएको छ ।

भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबादबाट एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ ।

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ ।

मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

Read More →