Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

एसईई परीक्षा स्थगित भएपछि गरिएको प्रदर्शनमा एक विद्यार्थीलाई गोली लाग्यो

१६ चैत,   खबरमञ्च,   at 12:38 PM

By   /  March 30, 2019  /  Comments Off on एसईई परीक्षा स्थगित भएपछि गरिएको प्रदर्शनमा एक विद्यार्थीलाई गोली लाग्यो

    Print       Email

बारा । प्रदेश नम्बर २ मा एसईई परीक्षा स्थगित भएपछि गरिएको प्रदर्शनमा एक विद्यार्थीलाई गोली लागेको छ ।

बाराको जितपुरमा विद्यार्थीले गरको प्रदर्शन उग्र भएपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर एक विद्यार्थी घाइते भएका छन् ।

प्रहरी र विद्यार्थीहरुको दोहोरो भिडन्तमा दर्जनौ पनि प्रहरी घाइते भएका छन् । आक्रोशित विद्यार्थीहरुले प्रहरीको मोटरसाइकल पनि जलाएका छन् ।

विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय जीतपुरभित्र रहेको प्रहरीको गाडीमा आगजनीको प्रयास गरेका थिए ।

विद्यार्थीहरुलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फाएरसमेत गरेको छ ।

विद्यार्थीहरुले पनि प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गरेका छन् । प्रदर्शनका कारण बारास्थित पथलैया वीरगञ्जसडक खण्ड विहानदेखि नै अवरुद्ध भएको छ ।

एसईई परीक्षाको प्रश्नपत्रहरु धमाधम बाहिरिएपछि सरकारले प्रदेश २ को बाँकी परीक्षा स्थगित गरेको छ  ।

विहिबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द भईसकेको छ भने आज हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि शुक्रबार नै बजारमा छ्यापछ्याप्ती भएको थियो ।

शिक्षा मन्त्रालयको हिजो बसेको वैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय खुले

Read More →