Loading...
You are here:  Home  >  समाज  >  Current Article

एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा सात जनाको मृत्यु

१५ मंसिर,   खबरमञ्च,   at 8:22 AM

By   /  December 1, 2019  /  Comments Off on एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा सात जनाको मृत्यु

    Print       Email

विर्तामोड । विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ।

सुनसरी प्रहरीका अनुसार दुर्घटनामा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको हो।

विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी शिवमाया राईको शव बोकेर उदयपुर जाँदै गरेको ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक शनिबार राति कोशी गाउँपालिकाको हरिपुरमा आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा एम्बुलेन्स चालक राजेश दनुवारसहित वर्ष ३४ का दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राईको मृत्यु भएको हो।

अर्का एक मृतकको परिचय खुल्न बाँकी छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सामाजिक (व्यवहार) सुधार ऐन २०३३ समय सापेक्ष बनाउन छलफल सुरु

Read More →