Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एनसेलका सम्बन्धमा फैसला गर्ने न्यायाधीशलाई महाभियाेग लगाउन सत्तापक्षकै सा‌ंसदकाे माग

२४ भदाै,   खबरमञ्च डेस्क,   at 1:55 PM

By   /  September 10, 2019  /  Comments Off on एनसेलका सम्बन्धमा फैसला गर्ने न्यायाधीशलाई महाभियाेग लगाउन सत्तापक्षकै सा‌ंसदकाे माग

    Print       Email

काठमाडाैं । एनसेलबारे सर्वोच्च अदालतले गरेको पछिल्लो फैसला विवादमा परेको छ । नागरिकस्तरबाट र संसदमा समेत यसको आलोचना भैरहेको छ ।

सर्वोच्चको पछिल्लो फैसलालाई लिएर सत्तारुढ नेकपाकै सांसदरुले महाभियोगको प्रस्ताव अगाडि बढाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठको शून्य समयमा बोल्दै उनीहरुले न्याय दिने न्यालयबाटै राजयलाई डुवाउने खेल भएको भन्दै उक्त फैसलाका सम्बन्धमा संसदले छानविन गर्नु पर्ने बताए । साथै उनीहरुले उक्त फैसलामा संलग्न न्यायाधिशहरुलाई महाभियोग लगाउने प्रस्ताव अघि बढाउन पनि माग गरेका छन् ।

उनले भने, “हामीले न्यायलयलाई न्याय क्षेत्रको आस्था र विश्वासको धरोहर मान्दै आएका छौं, तर नेपालमा धेरै पटक न्याय क्षेत्रले आफ्नो क्षेत्राधिकार ,आफ्नो अधिकार मिचिसकेको छ , एनसेलको अबौं रुपैयाँ घोटाला भएको छ, जुन क्षेत्रलाई हामी रक्षक भन्छौं, त्यो रक्षक भक्षक भयो भने , त्यो क्षेत्रलाई हामीले के औषधि गर्ने ? महाभियोगको प्रस्ताव ल्याउने की नल्याउने ? यो ल्याउनै पर्छ किनभने , राष्ट्रलाई दोहन गर्ने, नियम कानूनलाई मिच्ने सूर्यलाई हत्केलाले छेक्ने जुन निकाय हो त्यो निकायलाई अत्याधिक मात्रामा कानूनी कारवाही हुनु पर्छ र यसमा महाभियोग प्रस्ताव पास गर्नु पर्छ ।”

यस्तै नेकपाकै अर्का सांसद यज्ञ सुनुवारले पनि एनसेलका सम्बन्धका सर्वोच्चबाट भएको फैसलाको संसदले छानविन गर्नुु पर्ने माग गरेका छन् । उनले भने, “एनसेलका सम्बन्धमा एनसेलबाट पछिल्लो पटक भएको फैसलालो एनसेललाई मात्र फाइदा भयो की फैसला गर्ने र वरिपरि रहनेलाई पनि फाइदा भयो, जनस्तरमा गम्भीर आशंका उत्पन्न भएकाले तत्काल यस संसदले न्यायलयको सम्मानका लागि समेत गम्भीर छानविन प्रक्रिया अगाडि बढाओस् ।”

३९ अर्ब ६ करोड बाँकी कर तिनुपर्ने गरी ठूला करदाता कार्यालयले निर्धारण गरेकोमा एनसेलले आफूलाई थाहा नभएको भन्दै अदालत गएपछि सर्वोच्चले भदौ ९ गते थाहा पाएको मितिदेखि मात्रै कर निर्धारण गर्न भनेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुद्वारा वेल घेराउ गर्दै नाराबाजी

Read More →