Loading...
You are here:  Home  >  समाज  >  Current Article

एक बर्ष अघि सार्वजनिक बसमा अश्लील हर्कत गर्ने युवक प्रहरी नियन्त्रणमा

२९ पुस,   खबरमञ्च,   at 1:04 PM

By   /  January 14, 2020  /  Comments Off on एक बर्ष अघि सार्वजनिक बसमा अश्लील हर्कत गर्ने युवक प्रहरी नियन्त्रणमा

    Print       Email

काठमाडौं । सार्वजनिक बसमा अश्लील हर्कत गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक बर्ष अघि त्यस्तो हर्कत गर्ने ती युवकलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन रुचाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट रुचाललाई नियन्त्रणमा लिएको थियो।

सार्कीको च्याटहरु, फेसबुक पोष्ट र म्यासेजहरुको अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडिओ अपलोड गरेको देखिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडिओ बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आस्था राउत प्रकरणः प्रहरी जवानलाई पनि जवाफदेही बनाउनु पर्छ

Read More →