Loading...
You are here:  Home  >  कर्पाेरेट  >  Current Article

एक्स्पर्ट विर्तामोडले दियो अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि परामर्श

२० जेठ,   खबरमञ्च,   at 8:03 AM

By   /  June 3, 2019  /  Comments Off on एक्स्पर्ट विर्तामोडले दियो अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि परामर्श

    Print       Email

बिर्तामोड । अष्ट्रेलिया अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुसँग आइतबार त्यहाँका ११ वटा विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले विर्तामोडमा शैक्षिक परामर्श दिएका छन् ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आयोजना गरेको उक्त सेमिनारमा विभिन्न विश्वविद्यालयबाट आएका प्रतिनिधिहरु लक्ष्मण बेलबासे (आइटी म्यानेजर सिड्नी), नरिन्दर गिल (एएसएमआई), किरण खनाल (यूएसक्यू सिड्नी क्याम्पस) र रोशन घिमिरे (क्यूआईबीए एण्ड ब्राइटन)ले आफ्नो शैक्षिक प्रतिष्ठानको बारेमा सहभागी विद्यार्थीहरुलाई अवगत गराए ।

यसैगरी, सुनिल श्रेष्ठ (टोरेन्स युनिभर्सिटी), अनिस नयर (एजुकेशन सेन्टर अष्ट्रेलिया), श्रीशा चौधरी (कप्लान बिजनेश स्कूल), टेरी मेलोन (होम्स इन्स्टीच्युट) र हामिस डेभिज (स्टडी ग्रुप एससीयु)ले सहजीकरण गरेका एक्सपर्टका अंग्रेजी प्रशिक्षक सुरज थापाले जानकारी दिए ।

एक्सपर्ट बिर्तामोड शाखा प्रमुख कृष्ण खतिवडाका अनुसार एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत सन्जीव शर्माको नेतृत्वमा झापा आएको विश्वविद्यालयका प्रतिनिधिहरु टोलीले अष्ट्रेलियाको हावापानी, शैक्षिक गुणस्तर, नेपाली माथि गरिने व्यवहारसँगै विश्वविद्यालयका विशेषताहरुबारे सेमिनारमा सहजीकरण गरेका छन् ।

अष्ट्रेलिया अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुको लागि उत्कृष्ट शैक्षिक परामर्श दिँदै आएको एक्सपर्टमा वर्षको ४ पटक यस्तो सेमिनार गरिँदै आएको छ । आजको सेमिनारमा विद्यार्थी र अभिभावकले आफ्नो रुचि र चाहनाअनुसार हस्पिटालिटी, आइटी, चाइल्ड केयर जस्ता विषयमा जानकारी लिएका छन् ।

सहजीकरणका लागि आएका विश्वविद्यालयका प्रतिनिधिहरुले पनि एकपटक होइन, दशपटक सोचेरमात्र निर्णय लिन, रोजेका विषय पढ्न जाने विश्वविद्यालयको बारेमा अनलाइन हेरेर भए पनि अनुसन्धान गर्न, पहिले गएर अध्ययन गरिरहेका वा फर्किएकाहरुसँग परामर्श लिन पनि सुझाव दिएका सहभागी विद्यार्थीले बताएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय खुले

Read More →