Loading...
You are here:  Home  >  कर्पाेरेट  >  Current Article

एक्सपर्ट विर्तामोडले जेठ १९ गते सेमिनार गर्ने

१४ जेठ,   खबरमञ्च,   at 5:31 PM

By   /  May 28, 2019  /  Comments Off on एक्सपर्ट विर्तामोडले जेठ १९ गते सेमिनार गर्ने

    Print       Email

विर्तामोड । झापाको विर्तामोडस्थित एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले आगामी जेठ १९ गते अस्ट्रेलिया जाने विद्यार्थीका लागि जानकारी दिने उद्देश्यले सेमिनार कार्यक्रमको आयोजना गर्ने भएको छ।

अस्ट्रेलियामा विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न सूचना प्रदान गर्ने उद्देश्यका साथ उक्त सेमिनार आयोजना गरिएको एक्स्पर्टका विर्तामोड शाखा प्रमुख कृष्ण खतिवडाले जानकारी दिए।

मध्यान्ह १२ बजेबाट शुरु हुने उक्त सेमिनारमा अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन्।

साथमा शैक्षिक परामर्शका लागि विभिन्न व्यक्तिहरुलाई पनि निमन्त्रणा गरिएको शाखा प्रमुख खतिवडाले बताए।

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आकर्षक गन्तव्य मुलुकको रुपमा विद्यार्थीहरुले लिने गरेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुरुङ्गाका बेदान्तले जिते ‘सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट’को उपाधी

Read More →