Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एकता दिवसको विदा कटौती गरिएकोमा राप्रपाको आपत्ति, तर पार्टीले भव्य रुपमा मनाउने

२६ पुस,   खबरमञ्च,   at 3:49 PM

By   /  January 10, 2019  /  Comments Off on एकता दिवसको विदा कटौती गरिएकोमा राप्रपाको आपत्ति, तर पार्टीले भव्य रुपमा मनाउने

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा आपत्ति जनाएको छ। तर, पार्टीको तर्फबाट एकता दिवस भव्यरुपमा मनाउने राप्रपाका अध्यक्ष कमल थापाले बताएका छन् ।

बिहीबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा थापाले भने, ‘राष्ट्रिय एकताको विषयलाई राजनीतिसँग जोड्न हुँदैन।’

उनले हिन्दुराज्य पुनःस्थापनाको माग फागुन मसान्तसम्म पूरा नभए आगामी चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

राष्ट्रिय एकता दिन–प्रतिदिन संकटमा पर्दै गएको भन्दै अध्यक्ष थापाले राष्ट्र निर्माताको सम्मान हुन नसके राष्ट्रिय अखन्डतामासमेत आँच आउनसक्ने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रलाई नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कार्वाही गर्ने प्रधानमन्त्रीको चेतावनी

Read More →