Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

एउटै संस्थामा काेही लाखाैं खाने, काेही ५ हजार नपाएर रुँदै हिड्ने कदापि हुँदैनः सञ्चारमन्त्री

२६ चैत,   खबरमञ्च,   at 8:52 PM

By   /  April 9, 2019  /  Comments Off on एउटै संस्थामा काेही लाखाैं खाने, काेही ५ हजार नपाएर रुँदै हिड्ने कदापि हुँदैनः सञ्चारमन्त्री

    Print       Email

काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पत्रकारलाई कानुन बामोजिम पारिश्रकि दिदाँ प्रेस स्वतन्त्रता हनन हुने हुने कुरा कुतर्क भएकाे बताएका छन् ।

नेपाल पत्रकार महासंघले मंगलबार सञ्चारग्राममा आयोजना गरेको ‘पत्रकारितामा श्रमको सवाल’ विषयक अन्तरक्रियामा सञ्चारमन्त्री बास्कोटाले श्रमको शोषण गर्ने मालिकहरुसँग आफूले सम्झौता नगर्ने भन्दै आम पत्रकार र पत्रकार महासंघलाई आफ्नो कित्ता प्रष्ट गर्न आग्रह समेत गरे  ।

उनले भने,” श्रमजीवी पत्रकारलाई ‘कानून बमोजिम पारिश्रमिक देऊ’ भनेर सरकारले सम्झाउँदा प्रेस स्वतन्त्रता हनन कसरी हुन्छ ?”

उनले अगाडि भने,” पसिनाको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातिहरुलाई १०४ होइन, १०५ डिग्रीको ज्वरो आउछ, अहिले म त्यही देखिरहेको छु ।” बास्कोटाले कुनै पनि हालतमा मन्त्रिपरिषदले गरेको निर्णय कार्यन्वयन गराउन आफू दृढ रहेकाे पनि बताए ।

मिडिया हाउसबाट पत्रकारहरु ठगिएको गुनासो आएपछि प्रेस पास नविकरण र वितरणका बेला सम्बन्धित संस्थाले बैंकमा तलब पठाएको पेरोल मागिएको मन्त्री बास्कोटाले बताए ।

“त्यहि संस्थामा कोही २५ लाखसम्म खाने, श्रमजीवीले ५ हजार नपाएर रुँदै हिड्नुपर्ने अवस्था सरकारलाई सैहृ हुँदैन,उनले भने  ।”

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालको पहिलो भूउपग्रह (नानो स्याटलाइट) अन्तरिक्षमा प्रक्षेपण

Read More →