Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उपराष्ट्रपतिलाई राष्ट्रपतिको कार्यभार

११ बैशाख,   खबरमञ्च,   at 8:28 PM

By   /  April 24, 2019  /  Comments Off on उपराष्ट्रपतिलाई राष्ट्रपतिको कार्यभार

    Print       Email

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिनेगरी तोकेकी छन् ।

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार राजकीय भ्रमणको सिलसिलामा चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेकी छन् ।

राष्ट्रपतिको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी तोकिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सर्वदलीय बैठकः हिंसा विरुद्ध सबै दलहरु एकताबद्ध हुनुपर्नेमा जाेड, पूर्व राजादेखि विप्लवसम्मका विषयमा छलफल

Read More →