Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उपनिर्वाचन परिणामः धरानमा कांग्रेस अगाडि

१५ मंसिर,   खबरमञ्च,   at 2:18 PM

By   /  December 1, 2019  /  Comments Off on उपनिर्वाचन परिणामः धरानमा कांग्रेस अगाडि

    Print       Email

धरान । धरान उपमहानगरपालिकाको चुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई नेपाली कांग्रेसले पछाडि पारेको छ।

मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४३४ मतले पछाडि पारेका छन्।

यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन्।

हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत पाएको छ। नेकपाले ६ हजार ४२३ मत ल्याएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Read More →