Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उपनिर्वाचनमा कुनै घात भएको छैनः नेकपा सचिवालय बैठक

१८ मंसिर,   खबरमञ्च/काठमाडाैं,   at 1:10 PM

By   /  December 4, 2019  /  Comments Off on उपनिर्वाचनमा कुनै घात भएको छैनः नेकपा सचिवालय बैठक

    Print       Email

 

सत्तारुण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय वैठकले उपनिर्वाचनमा कुनै घात नभएको निष्कर्ष निकालेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी बनेको १४ दिनपछि बसेको नेकपा सचिवालय वैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा उपनिर्वाचनमा घात–प्रतिघात भएका भन्ने सम्बन्धमा छलफल गर्दै घात नभएको निष्कर्ष निकालेको पनि उनले बताए ।

यसबाहेक आजको बैठकले ३७ वटा जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको छ । आगामी बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारेमा निर्णय लिनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Read More →