Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उपनिर्वाचनका लागि आजदेखि मनाेनयन दर्ता सुरु

२१ कार्तिक,   खबरमञ्च,   at 9:42 AM

By   /  November 7, 2019  /  Comments Off on उपनिर्वाचनका लागि आजदेखि मनाेनयन दर्ता सुरु

    Print       Email

काठमाडौँ । आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति  आजदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा  आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची–५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामति कर्मचारीले अब आफै थाहा पाउनेछन् आफ्नाे सरुवा हुने ठाउँ

Read More →