Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्ः स्वास्थ्यमन्त्री ढकाल

९ मंसिर,   खबरमञ्च,   at 2:40 PM

By   /  November 25, 2019  /  Comments Off on उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्ः स्वास्थ्यमन्त्री ढकाल

    Print       Email

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताएका छन् ।

उनले भने, “पैसा नभएका कारण उपचार हुनबाट नागरिक वञ्चित हुनु पर्दैन । राज्यले नागरिकको उपचारको जिम्मा लिन्छ । ‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति नागरिकलाई दिन्छु, मेरो पहिलो ध्यान यसैमा रहन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेपछिको पहिलो औपचारिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले स्वस्थ्य नागरिक भएमात्र समृद्ध नेपाल बन्ने बताए ।

बालस्वास्थ्य तथा खोप सेवा शाखाद्वारा सोमबार आयोजित दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढीकरण पूर्वतयारी बैठकमा उनले स्वास्थ्य क्षेत्रमा विधि र थिति बसाली सम्मानित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे सरकारले कारवाही प्रक्रिया अगाडि बढाउने

Read More →