Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उज्वल थापालाई मिश्रले भने, ‘एक पटक संगै बसेर चिया खाउँ’

२८ पुस,   खबरमञ्च,   at 5:00 PM

By   /  January 12, 2019  /  Comments Off on उज्वल थापालाई मिश्रले भने, ‘एक पटक संगै बसेर चिया खाउँ’

    Print       Email

काठमाडौं । विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उज्वल थापाको प्रतिवेदन विधि र प्रक्रिया मिचेर लेखिएको बताएका छन् । उनले सबैको सहमतिकै आधारमा पार्टी सञ्चालन गरिएको पनि बताए ।

शनिबार पत्रकार सम्मलेलन गर्दै उनले ३२ बुँदे सम्झौता पत्र नै पार्टी सञ्चालनको मूल आधार भएको बताए । पार्टीमा हाल कार्यकारी अधिकार नै नभएकाले सोही सम्झौतामा आधारित रहेर पार्टी चलिरहेको उनले बताए ।

आफूहरु पनि यही देशबाट बनेका र यहीँ निर्माण भएकाले समस्याहरु आउने उनले जनाए । ‘कुनै साथीहरु यसरी अनायासै छोडेर जानुहोला भन्ने हामीलाई लागेको थिएन ।’ उनले भने ।

‘एउटा हाम्रै साथीको रिसोर्ट छ । एक पटक सँगै बसेर चिया खाऊँ ।’ उनले भने ‘योजना पहिलेदेखि बनाउँथ्यौं । योजना सफल हुन सकेन ।’

तत्कालै अहिले नै औपचारिक रुपमा उज्वल थापा पक्षलाई नभेटेको उनले जानकारी दिए । तर औपचारिक संवादको बाटो कहिल्यै पनि बन्द नहुने उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने

Read More →