Loading...
You are here:  Home  >  समाज  >  Current Article

उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुने सम्भावना

२१ कात्तिक,   खबरमञ्च,   at 3:59 PM

By   /  November 7, 2019  /  Comments Off on उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुने सम्भावना

    Print       Email

काठमाडौं । देशका उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको बताइएको छ । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा अबको केही दिन वर्षाको साथै हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका हुन्।

शुक्रबार दशेको पहाडी भागमा आंशिकदेखि समान्य बदली रही देशका पहाडी भागको एक दुई स्थानमा हल्का वर्षा र हिमाली भागमा हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार देशको पूर्वी र मध्यभागलगायत पश्चिमी पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैंमा सुरु

Read More →