Loading...
You are here:  Home  >  समाज  >  Current Article

इलामको माइपोखरीमा भीषण आगलागी

३० फागुन,   खबरमञ्च,   at 2:59 PM

By   /  March 14, 2019  /  Comments Off on इलामको माइपोखरीमा भीषण आगलागी

    Print       Email

इलाम । इलामको धार्मिक पर्यटकीय स्थल माईपोखरी क्षेत्रमा भीषण आगलागी सुरु भएको छ ।

सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी बजारमा दिउँसो १ बजेदेखि आगलागी सुरु भएको हो । धार्मिक तथा पर्यटकिय स्थल माइपोखरी प्रवेशद्वार अगाडिका तीनवटा घरहरु जलेर नष्ट भईसेका छन् ।

स्थानीय चक्र मुखियाको भान्छा घरबाट सुरु भएको आगलागीबाट धैरै घर जलेर खरानी भएको स्थानीय संचारकर्मी दिनेश सुवेदीले जानकारी दिए ।

स्थानीयबासीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्ररहीको समेत प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहेको बताइएको छ।

आगलागी नियन्त्रणका लागि इलाम सदरमुकामबाट दमकल माइपोखरीतर्फ गइसकेको इलाम नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भ्रष्टाचार काण्डमा प्रमुख सेनानी कार्की जेल चलान

Read More →