Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

इरानलाई नयाँ हतियारले हमला गर्ने धम्की दिएपछि इरानले तोक्यो ट्रम्पको टाउकाको मूल्य

२१ पुस,   खबरमञ्च,   at 11:29 AM

By   /  January 6, 2020  /  Comments Off on इरानलाई नयाँ हतियारले हमला गर्ने धम्की दिएपछि इरानले तोक्यो ट्रम्पको टाउकाको मूल्य

    Print       Email

काठमाडौं । अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् ।

आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए ।

अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो ।

जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ ।

ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ ।

मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड रद्द

Read More →