Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

इरानद्वारा इराकमा रहेका दुई अमेरिकी सैनिक शिविरमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

२३ पुस,   खबरमञ्च,   at 11:37 AM

By   /  January 8, 2020  /  Comments Off on इरानद्वारा इराकमा रहेका दुई अमेरिकी सैनिक शिविरमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

    Print       Email

एजेन्सी । इरानले इराकमा रहेका दुई अमेरिकी सैनिक आधार शिविरमा एक दर्जनभन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेकाे छ।

गत साता अमेरिकाले आ प्रमुख जर्नेलको हत्या गरेको बदलामा आक्रमण गरेको इरानले बताएको छ।

बगदाद नजिकै रहेका ती शिविरमा गरिएको आक्रमणबाट कुनै अमेरिकी सैनिकको मृत्यु भएको रिपोर्ट आइनसकेको तर त्यहाँका भवनहरुमा अहिले खोजी भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये जर्नेल कासिम सुलेमानी मारिएपछि वाशिंगटन र तेहरानबीच तनाव चुलिएकाे हो।

क्षेप्यास्त्र प्रहारपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ भएको मानवीय तथा अन्य क्षतिको अध्ययन भइरहेको र त्यसको जवाफ छिटै दिने बताएका छन्।

‘हामीसँग संसारमैं सबैभन्दा शक्तिशाली र अत्याधुनिक सैन्यशक्ति छ, निकै नै बढी भोलि सबेरै म आफ्नो धारणा दिनेछु,’ ट्रम्पले ट्विटमा भनेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड रद्द

Read More →