Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

इरानका लागि बेलायती राजदूत रोबर्ट मैकेयर पक्राउ परेर तीन घन्टापछि रिहा

२७ पुस,   खबरमञ्च,   at 4:13 PM

By   /  January 12, 2020  /  Comments Off on इरानका लागि बेलायती राजदूत रोबर्ट मैकेयर पक्राउ परेर तीन घन्टापछि रिहा

    Print       Email

तेहरान । इरानका लागि बेलायती राजदूत रोबर्ट मैकेयर पक्राउ परेर रिहा भएका छन् । आइतबार विश्वविद्यालयबाहिर इरान सरकारविरुद्ध प्रदर्शनबाट मैकेयर पक्राउ परेको बेलायती विदेश मन्त्रालयले जनाएको छ ।

बेलायती विदेशमन्त्री डोमिनिक राबले राजदूत पक्राउको घटनाप्रति निन्दा गरेका छन् । उनले राजदूत पक्राउ गरेर इरानले ‘अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भएको’ बताएका छन् ।

बीबीसीका अनुसार जनवरी ८ मा इरानमा भएको युक्रेनी विमान दुर्घटनामा मृत्यु भएकाप्रति समवेदना र इरान सरकारविरुद्धको वरोधसभामा उनीको उपस्थिति भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो । उनलाई तीन घण्टापछि रिहा गरेको थियो ।

तर, राजदूत मैकेयरले भने आफू प्रदर्शनमा सहभागी नभएको बताएका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड रद्द

Read More →