Loading...
You are here:  Home  >  समाज  >  Current Article

इप्रका अनारमनीका प्रमुख, डिएसपी कोइरालाको सरुवा

१७ पुस,   खबरमञ्च,   at 8:38 PM

By   /  January 1, 2019  /  Comments Off on इप्रका अनारमनीका प्रमुख, डिएसपी कोइरालाको सरुवा

    Print       Email

विर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी कृष्ण कोइरालाको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार उनको काज सरुवा गरेको हो । प्रहरी मुख्यालय स्रोतका अनुसार कोइरालाको ठाउँमा डीएसपी सुवास खड्का आउँदैछन् । कोइराला अपराध अनुसन्धानमा पोख्त अधिकारी मान्छिन् ।

बिर्तामोड बसाईका क्रममा उनले होटलमा हुने वेश्यावृत्तिविरुद्ध आक्रमक नीति लिएका थिए । त्यस्तै, साइबर अपराधको न्यूनिकरणमा चेतनामुलक कार्यक्रम गरेर लोकिप्रयता कमाएका उनले बिर्तामोड क्षेत्रका समग्र अपराध न्यूनिकरणमा पनि उल्लेखनीय योगदान पुर्याएका थिए ।

उनको सरुवा त्रिभुवन विमानस्थल प्रहरी कार्यालयमा भएको छ । नयाँ डीएसपी खड्कासँग यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखा लगायतमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान

Read More →