Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ईपीजीकाे प्रतिवेदन चाँडै सार्वजनिक हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

५ भदाै,   खबरमञ्च डेस्क,   at 7:04 PM

By   /  August 22, 2019  /  Comments Off on ईपीजीकाे प्रतिवेदन चाँडै सार्वजनिक हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

    Print       Email

 

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल भारत प्रवुद्ध समूह (इपीजी)काे प्रतिवेदन चाँडै सार्वजनिक हुने बताएका छन् ।

बिहीवार प्रतिनिधिसभाकाे बैठकमा नेपाल भारत संयुक्त आयोगको बैठकबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले बैठकले इपीजिकाे सचिवालयलाई प्रतिवेदन बुझाउने तयारी भनेकाे भन्दै उपयुक्त समयमा प्रतिवेदन सार्वजनिक हुने बताए । उनले भने, “उपयुक्त समयमा प्रतिवेदन सार्वजनिक हुने मात्र हाेइन, कार्यान्वयन समेत हुनेमा म विश्वस्त छु ।”

बैठकमा राजनीति, सुरक्षा र सीमा, व्यापार एवं पारवहान लगायतका ५ वटा महत्वपूर्ण शिर्षकमा छलफल भएकाे पनि उनले सदनलाई जानकारी दिए । यसबाहेक बैठकले १९५० काे सन्धि पुनरावलाेकनका लागि ठाेस खाका तय गरेर ल्याउन भनिएकाे पनि उनले बताए ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा जम्मु काश्मिरका विषयमा छलफल भए नभएकाे भन्ने सांसदहरुकाे जिज्ञासामा भने मन्त्री ज्ञवालीले त्यस विषयमा कुनै छलफल नगरेकाे स्पष्ट पारे । ” त्यसविषय हाम्राे एजेण्डामै थिएन, त्यहि भएर त्यसमा छलफल गरेनाैं, तर जम्मु कश्मीरकाे केसलाई हामीले नजिकबाट नियालिरहेका छाैं । “

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुद्वारा वेल घेराउ गर्दै नाराबाजी

Read More →