Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

इन्टरनेट र केबल टीभीको प्रशारण कुनै पनि बेला रोकिन सक्ने

२७ बैशाख,   खबरमञ्च,   at 8:19 PM

By   /  May 10, 2019  /  Comments Off on इन्टरनेट र केबल टीभीको प्रशारण कुनै पनि बेला रोकिन सक्ने

    Print       Email

काठमाडौं । देशभरका इन्टरनेट र केबल टीभीको प्रशारण कुनैपनि बेला रोकिन सक्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोगको महशूलका सम्बन्धमा नेपाल केबल टीभी महासंघ र प्राधिकरणबीच भएको विवाद नसुल्झिएकाले देशभरकै इन्टरनेट र केबल टीभी प्रशारणमा अवरोध आउन सक्ने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले उसको पोल प्रयोग गरेबापत लिँदै आएको महशूलमा ठूलो रकम बढाएको भन्दै टीभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले उक्त रकम तिर्न नसक्ने अडान राखेका थिए ।

प्राधिकरणले भने शुक्रबारसम्ममा सम्झौता गर्न सातदिने समयसीमा तोक्दै नगरे कुनैपनि बेला विद्युत् पोलमा टाँगिएका तार काट्ने चेतावनी दिएको थियो ।

महासंघअन्तर्गत्को इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द गरिए त्यसको जिम्मेवारी आफूले नलिने चेतावनी दिएको हो ।

आफ्ना माग सम्बोधन नै नभई तार काटिएमा त्यसको जिम्मेवारी आफूले नलिने इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायकहरुले बताएका हुन् ।

विद्युत् प्राधिकरणले एकलौटी ढंगले २०७५ साउन १ गतेदेखि पोलमा तार टाङ्ने र अप्टिकल फाइबर बिछ्याएको भाडादर पाँच सय प्रतिशतले बढाएकाले तिर्न नसक्ने भन्दै इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले यही निहुँमा प्राधिकरणले तार काटेमा देशभर सेवा बन्द हुनसक्ने र त्यसको जिम्मा प्राधिकरणले लिनुपर्ने जनाएको हो ।

प्राधिकरणले बढाएको भाडादर पुनरावलोकन गर्न प्रधानमन्त्रीदेखि ऊर्जा, अर्थ र सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएको महासंघका अध्यक्ष एवं इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिका सदस्य सुधीर पराजुलीले जानकारी दिए ।

विद्युत् प्राधिकरणले नयाँ भाडादरमा सम्झौता गर्न टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दिएको सात दिनको समयसीमा आजै सकिएको हो ।

कम्पनीले तोकेको नयाँ दररेटअनुसार नगरपालिकाका पोलहरुमा इन्टरनेट र टेलिभिजको तार टाँगेको प्रतिकिलोमिटर प्रतिवर्ष पाँच हजार ५० तिर्दै आएकोमा प्राधिकरणले जारी गरेको नयाँ दररेट अनुसार १४ हजार चार सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी, गाउँपालिकाहरुमा प्रतिवर्ष प्रति किलोमिटर १२ सय ५० तिर्दै आएकोमा १४ हजार चार सय तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी, अप्टिकल फाइबर केबल विछ्याएको नयाँ दररेटअनुसार प्रतिकिलोमिटर प्रतिकोर प्रतिवर्ष १४ हजार चार सय भएकोमा ७२ हजार तिर्नुपर्ने हुन्छ ।

यसको सीधा भार प्रयोगकर्ता उपभोक्तामा पर्ने भन्दै पराजुलीले यो महशूल तिरेर सेवा प्रदान गर्न नसक्ने बताए । राज्यले यही रवैया अपनाए मुलुक अन्धकार युगमा प्रवेश गर्ने उनको भनाइ छ ।

समन्वय समितिमा नेपाल केबल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिश मिडिया नेटवर्क लिमिटेड छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

इन्स्टाग्राममा अब भिडियो तथा तस्वीरमा लाइकको संख्या नदेखिने

Read More →