Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

आप्रवासी सवार डुंगा डुब्दा ११५ जना बेपत्ता, १३४ जनाको उद्धार

१० साउन,   एजेन्सी,   at 8:45 AM

By   /  July 26, 2019  /  Comments Off on आप्रवासी सवार डुंगा डुब्दा ११५ जना बेपत्ता, १३४ जनाको उद्धार

    Print       Email

लिबिया । अफ्रिकी मुलुक लिबियाको तटीय क्षेत्रमा आप्रवासी बोकेको डुंगा डुब्दा  ११५ जना बेपत्ता भएका छन् ।

डुंगामा सवार १३४ जनाको भने उद्धार गरिएको छ । डुंगा दुर्घटना हुँदा बेपत्ता एकको भने शव भेटिएको छ । करिब २५० आप्रवासी बोकेको डुंगा दुर्घटनामा परेको हो ।

डुंगामा सवार अधिकांश अफ्रिकी र अरबी मुलुकका आप्रवासी भएको बताइएको छ ।

लिबियाको राजधानी त्रिपोलीबाट करिब १२० किलोमिटर टाढा रहेको एक शहरबाट ठूलो संख्याका आप्रवासीहरु भूमध्यसागर पार गर्न डुंगामा चढेका थिए । सबै आप्रवासी एउटै डुंगामा थिए कि फरक–फरक डुंगामा चढेका थिए भन्ने खुलेको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वकै विकसित मुलुक फिनल्यान्डले संसारकै कान्छी प्रधानमन्त्री छान्यो

Read More →