Loading...
You are here:  Home  >  समाज  >  Current Article

आगामी वर्षदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीकाे घाेषणा

१ वैशाख,   खबरमञ्च,   at 4:28 PM

By   /  April 14, 2019  /  Comments Off on आगामी वर्षदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीकाे घाेषणा

    Print       Email

सरकारले आगामी वर्षदेखि वृद्धभत्ता बढाउने घोषणा गरेको छ ।

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता बढाउने घोषणा बताएका हुन् ।

‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने । वृद्धभत्ता बढ्ने कुराले पनि वृद्धवृद्धामा बाँच्ने मनोविज्ञान र आयु बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताए । उनले कसैले भोकै नांगै बस्नु नपर्ने,मागेर खानु नपर्ने बताए । त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठुलो भरथेग गर्ने बताएका छन् । “हामी नेपाललाई केही बर्ष भित्रै निरोगी नेपाल,स्वास्थ्य नेपाल बनाउदैछौं ” प्रधानमन्त्री ओलीले भने “यसका लागि हाम्रो खानपानलाई विषादी रहित बनाउनु पर्दछ । ”

प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड वितरण गरे । यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोलेका छन् । उनीहरुलाई प्रधानमन्त्ती ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अव ७० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई निःशुल्क स्वास्थ्य बीमा हुने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपदमा उत्पन्न संकटमा सहायताका लागि जुट्न मानवअधिकार आयोगको आग्रह

Read More →