Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

अाेली सरकार नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रति अनुदारः राप्रपा

साउन १०,   खबरमञ्च,   at 5:30 PM

By   /  July 26, 2018  /  Comments Off on अाेली सरकार नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रति अनुदारः राप्रपा

    Print       Email

काठमाण्डाैं ।  बर्तमान सरकार नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रति अनुदार बन्दै गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले गम्भीर  चिन्ता प्रकट गरेको छ।

राप्रपाले संविधानले सुनिश्चित गरेका नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको मर्म, भावनाको रक्षा गर्ने पहिलो दायित्व सरकारको हुनुपर्नेमा वर्तमान सरकार प्रेसप्रति क्रमशः अनुदार बन्दै गएकोमा चिन्ता व्यक्त गरेकाे छ ।

राप्रपा सदैव स्वतन्त्र प्रेस, अभिब्यक्ति स्वतन्त्रता, निर्वाध रुपमा प्रेस सञ्चालन र संचारमाध्यममा भएको लगानीको सुनिश्चितताको पक्षमा दृढ रहेको सह प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

‘सरकारले राष्ट्रिय प्रशारण ऐन २०४९ तथा राष्ट्रिय प्रशारण नियमावली २०५२ बमोजिम एफ.एम. रेडियो, टेलिभिजन, डिजिटल प्रशारणका लागि रेडियो फ्रिक्वेन्सी सहित जारी गरिने नयाँ प्रशारण इजाजत पत्र, फ्रिक्वेन्सी बाँडफाँड, क्षमता बृद्धि, प्रशारण केन्द्र स्थानान्तरण, पहिले नै जारी भएका प्रशारण इजाजत प्राप्त संस्थालाई नयाँ कार्यविधि बनाई संकुचन गर्न खोजिएकोमा राप्रपा दुःख व्यक्त गर्दछ, विज्ञप्तीमा लेखिएकाे छ ।

पार्टीले राष्ट्रिय प्रशारण ऐन २०४९ तथा राष्ट्रिय प्रशारण नियमावली २०५२ प्रतिकुल हुने निर्णय तत्काल खारेज गर्न र प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहन पनि सरकारसँग जोडदार  गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अस्ट्रेलियाली स्कुले छात्रद्वारा एप्पलको सिस्टम “ह्याक”

Read More →