Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

अस्पतालका १२ जना कर्मचारीमा डेंगु रोगको संक्रमण

१८ भदौ,   खबरमञ्च,   at 2:48 PM

By   /  September 4, 2019  /  Comments Off on अस्पतालका १२ जना कर्मचारीमा डेंगु रोगको संक्रमण

    Print       Email

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना कर्मचारीमा डेंगु रोगको संक्रमण देखिएको छ ।

डेंगुको संक्रमण देखिनेमा ३ जना चिकित्सकहरु पनि छन् ।

अस्पतालमा आएका बिरामीमा देखिएको डेंगुको परीक्षण गर्ने क्रममा कर्मचारी र चिकित्सकहरुमा समेत डेंगुको संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

चिकित्सकहरुका अनुसार डेंगु रोग मानिसबाट मानिसमा सर्दैन । तर, परीक्षणका लागि आएका बिरामीलाई टोकेको लामखुट्टले अस्पतालका चिकित्सक तथा कर्मचारीलाई टोकेर संक्रमण भएको हुनसक्ने अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले जानकारी दिए ।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले डेंगु संक्रमित कर्मचारी तथा चिकित्सकको अस्पतालमै उपचार भइरहेको जानकारी दिए ।

पाण्डेका अनुसार पछिल्लो समय डेंगु रोगको परीक्षण गर्न आउने बिरामीको संख्या बढ्दै गएपछि छुट्टै डेस्क स्थापना गरिएको छ ।

मंगलबार मात्रै ५ सय २१ जना बिरामीको परीक्षण गरिएको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधान दिवसका अवसरमा असाेज २ गते सरकारी अस्पतालमा नि:शुल्क टिकट

Read More →