Loading...
You are here:  Home  >  कर्पाेरेट  >  Current Article

अस्ट्रेलिया गन्तव्यका लागि ओली एन्ड एसोसिएट्स नै किन ?

१९ पुस,   खबरमञ्च,   at 3:18 PM

By   /  January 4, 2020  /  Comments Off on अस्ट्रेलिया गन्तव्यका लागि ओली एन्ड एसोसिएट्स नै किन ?

    Print       Email

विर्तामोड । नेपालभित्र नवौं शाखाको रुपमा स्थापित एजुकेसन कन्सल्टेन्सी ओली एन्ड एसोसिएट्स विर्तामोड शाखाले स्थापनाको दुई बर्षमा निकै ठूलो खुड्किलो पार गरिसकेको छ।

अहिलेसम्म करिब पाँच दर्जनको संख्याको हाराहारीमा उक्त कन्सल्टेन्सीले काम गर्ने प्रमुख गन्तव्य मुलुक अस्ट्रेलियामा विद्यार्थी पठाइसकेको छ।

उक्त कन्सल्टेन्सीमा कार्यरत अधिकांश कर्मचारी पियर पास भएका रहेको विर्तामोड शाखाका प्रमुख अशोक अधिकारीले जानकारी दिए।

अस्ट्रेलिया र नेपाल दुवै मुलुकमा कार्यालय रहेको कन्सल्टेन्सी ओली एन्ड एसोसिएट्स पहिलो रहेको अधिकारीको दाबी छ।

उनले भने, ‘हामीले गरेको काम यही कारण विश्वसनीय छ भनेर दाबीका साथ भन्न सक्छौं।’

सन् २००२ मा स्थापना भएको उक्त कन्सल्टेन्सीको विद्यार्थी अस्ट्रेलिया पठाउने दुई दशकको अनुभव रहेको अधिकारी बताउँछन्।

उच्च शिक्षाका लागि अस्ट्रेलिया जान लागेका विद्यार्थीलाई अब्बल शैक्षिक परामर्श दिने मात्र नभएर विद्यार्थीको करिअर काउन्सिलिङमा समेत ओली एन्ड एसोसिएट्सले विशिष्ट स्थान हासिल गरेको छ ।

विद्यार्थीलाई विदेश पठाउने हुटहुटीभन्दा दुई कदम अगाडि बढेर कुन विद्यार्थीले कुन विषय पढ्न सक्छ, कुन विश्वविद्यालयका लागि उपयुक्त हुन्छ, नेपाली ग्र्याजुएटका लागि अस्ट्रेलिया कस्तो छ लगायत विभिन्न करिअरउपयोगी परामर्श ओली एन्ड एसोसिएट्सले दिने गरेको छ ।

रिलायबल, कम्पिटेन्ट र इथिकल भनिने आफ्नो पहिचानलाई नयाँ उचाइ दिन यसका कार्यकारी प्रमुख भवानी ओली, जेनेरल म्यानेजर सुदर्शन शर्मा र सम्पूर्ण कर्मचारी हातेमालो गर्दै अगाडि बढेका छन् ।

फिजिक्समा मास्टर्स गरेर २२ वर्षअघि अस्ट्रेलिया पुगेका ओलीले अकाउन्टिङ एन्ड फाइनान्स र इमिग्रेसन लमा समेत मास्टर्स गरेका छन् । उनी एक कुशल करिअर काउन्सिलर मात्र नभएर एक दक्ष तथा अनुभवी माइगे्रसन एजेन्ट र ट्याक्स कन्सल्टेन्ट पनि हुन् ।

बिर्तामोड, दमक, इटहरी र जनकपुरलगायत पूर्वी नेपालदेखि लिएर चितवन, बुटवल, पोखरा, काठमाडौं र ललितपुरबाट सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गरिरहेको ओली एन्ड एसोसिएट्सको सिड्नी, मेल्बर्न, पर्थ, ब्रिसबेनलगायत प्रमुख अस्ट्रेलियाली सहरमा समेत उपस्थिति छ ।

१५ भन्दा बढी विश्वविद्यालय र ५० भन्दा बढी कलेजसँग आबद्ध भएर बिजनेस, नर्सिङ, आइटी, एज्ड केयरजस्ता कोर्सहरू नेपाली विद्यार्थीसामु उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एक्स्पर्ट विर्तामोडले दियो अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि परामर्श

Read More →