Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अमेरिकी प्रहरीले किन माग्यो रोनाल्डोको डिएनए नमुना ?

२७ पुस,   खबरमञ्च,   at 5:19 PM

By   /  January 11, 2019  /  Comments Off on अमेरिकी प्रहरीले किन माग्यो रोनाल्डोको डिएनए नमुना ?

    Print       Email

काठमाडौं । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग उनको डिएनएको नमुना माग गरिएको छ । बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्दाको अनुसन्धानका लागि अमेरिकाको लस भेगसको प्रहरीले उनको डिएनए नमुना माग गरेको हो ।

इटलीको युभेन्टस क्लबका वकिल पिटर क्रिस्टियानसेनले लस भेगस प्रहरीबाट रोनाल्डोको डिएनए नमुना माग गरिएको पुष्टि गरे । उनले प्रहरीको यस्तो माग ‘स्वाभाविक’ भएको बताए ।

क्याथरिन मायोर्गा नाम गरेकी महिलालाई रोनाल्डोले सन् २००९ मा लस भेगसको होटलमा यौन आक्रमण गरेको आरोप लागेको छ । रोनाल्डोले भने उक्त आरोप अस्वीकार गरेका छन् । उनले सहमतिमै यौन सम्बन्ध रहेको दावीसमेत गरेका छन् ।

अमेरिकी सञ्चार माध्यमका अनुसार मायोर्गाको वस्त्रमा अर्को व्यक्तिको डिएनए पाइएको थियो । उक्त डिएनए रोनाल्डोकै भएको आशंका गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चुनाव हुनु एक साताअघि थाइल्याण्डमा नमुना मतदान

Read More →